काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका बाबु–छोरामाथि दाबी विरोध परेको छ ।

नयाँ शक्ति पार्टीको तर्फबाट अध्यक्ष पदका सूर्यनारायण मण्डल ‘कुरुङ’ र स्वतन्त्रबाट उनकै छोरा तेजनारायण मण्डलमाथि दावी विरोध परेको हो । २०५५ सालको फौजदारी नम्बर ५१, हातहतियार खरखजाना मुद्दामा ६ महिना कैद र पाँच हजार पाँच सय जरिवाना गरेको दाबी गरेको छ ।

यसैगरी उनकै छोरा तेजनारायण मण्डलले स्वतन्त्रबाट अध्यक्षमा दिएको उम्मेदवारीप्रति तत्कालनि गाविसको कार्यालय छिन्न मस्ताको आ.व. २०६७ र ०६८ को लेखापरीक्षणबाट निजको जिम्मामा पेश्की बेरुजु दुई लाख ५० हजार रहेको राजपाकी उम्मेदवार विमलादेवीले दाबी गरी उजुरी दिएकी हुन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया