काठमाडौँ । नेपाल आइडलबाट सागर आले आउट भएका छन् । शुक्रबार रिजल्ट डेमा भोटीगंका आधारमा सार्वजनिक नतिजाका आधारमा चितवनका सागर आले आउट भएका हुन् । अघिल्लो हप्ता प्राप्त भोटका आधारमा सागर आउट भएको आइडल स्रोतले जनाएको छ । आउट भएपछि सागरले घरी हाँस्दै त घरी रुँदै भने एक जनाले त जानु नै थियो दर्शकको माया पाउँदा पाउँदै म आउट भएँ तर म दुखी छैन । सो अवसरमा निर्णयक मध्येका एक कालीप्रसाद बास्कोटाले सागर अरुका लागी बाँच्ने कलाकार भएको बताए । आइडलको फाइनल २२ सेप्टेम्बरमा कतारमा हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया