काठमाडौ । नेपाल आइडलको रिजल्ट डेमा ब्यबसायी तथा साहित्यकार बसन्त चौधरी गेष्ट जजका रुपमा उपस्थित भएका छन् । शुक्रबारको रिजल्ट डेमा ४ जना प्रतिस्पर्धी सागर आले, प्रताप दास, बुद्ध लामा र निशान घिमिरेमध्ये एकजना फालिने निश्चित छ ।

प्रतिस्पर्धा जारी रहेका बेला ४ जना प्रतियोगीहरुले विगतका हप्ताहरुमा जस्तै आआफ्नै शैलिमा प्रस्तुती दिइरहेका बेला साहित्यकार चौधरीले ४ जना प्रतिस्पर्धीलाई सुझाव दिँदै भने जब तपाईले हार मान्नुहुन्छ तब मात्रै हानुहुन्छ तर प्रतिस्पर्धाबाट बाहिरिनुलाई हारको रुपमा हेर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया