काठमाडौ । नेपाल आइडलबाट आज ४ जना प्रतिस्पर्धी सागर आले, प्रताप दास, बुद्ध लामा र निशान घिमिरेमध्ये एकजना फालिने निश्चित छ । प्रतिस्पर्धा जारी रहेका बेला ४ जना प्रतियोगीहरुले विगतका हप्ताहरुमा जस्तै आआफ्नै शैलिमा प्रस्तुती दिइरहेका छन् । जसको उनीहरुले तारिफ पाइरहेका छन् ।

यसैबिच आजको शोमा पाहुना बनेर पुगेका नायक पल शाह र नायिका आँचल शर्मासँग शोमा विशेष रमाइलो कुराकानी पनी जारी नै रहेको छ । सो् अवसरमा आफ्नो प्रस्तुती दिइरहेका प्रतिस्पर्धीमध्येका एक पोखराका बुद्ध लामाले नायिका आँचल शर्मालाई आइलभयू भन्दा स्टेज तालीले गुञ्जिएको थियो ।

तपाईको प्रतिक्रिया