नुवाकोट २३ भदौ । विदुर –५ देवीघाटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बेलकोटगढी नपा–२ का २० वर्षीय टीकाराम तामाङ आज बेपत्ता भएका छन् ।

गल्छी–त्रिशूली सडक आयोजनामा काम गर्ने कामदार तामाङ साथीसहित नुहाउन नदीमा गएका थिए ।

तामाङसहित पाँच जना त्रिशूलीमा नुहाउन गएकामा चार जना भने सकुशल रछन् । बेपत्ता तामाङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया