काठमाडौँ । गायक भुवन प्यासीको ट्राफिक जाम बोलको गीतको भिडियो सार्वजनिक भए लगत्तै गीतले चौतर्फी चर्चा बटुल्न थालेको छ ।

एल्बम आयानमा समावेश गीत ट्राफिक जाममा भुवन प्यासी र राजेन्द्र बजगाईका शब्द शृजना समावेश छन् । जसमा गीतकार राजेन्द्र स्वयमले संगीत भरेका छन् ।

शिव बिकले निर्देशन गरेको गीतमा पछिल्लो समयकी चर्चित मोडल माला लिम्बुको दमदार अभिनय रहेको छ । भिडियोले सुन्दरी मोडल माला लिम्बुका कारण ट्राफिक जाम भएको भन्दै सुन्दरी युवतीको खुलेर तारिफ गरेको छ ।

अभिनयमा मालालाई रबिन सेनले साथ दिएका छन् । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई अजुन तिवारी र उनको टिमले छायांकन गरेको हो ।

तपाईको प्रतिक्रिया