काठमाडौं । रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ ।न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षको बहस सुनेपछि निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको बताइएको छ ।१५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो ।

भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । आयोजकका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।

आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा जोडेर एक जना आउट हुने बताएपछि अदालतमा मुद्दा परेर यस विषयले ठुलो चर्चा पाएको थियो ।आज वादी प्रतिवादीको बहस सुनेपछि न्यायाधीश भट्टको इजलासले रिट निवेदन खारेजको फैसला सुनाएका छन् ।

तपाईको प्रतिक्रिया