गुल्मी। गुल्मीको मुसिकोटका मेयर सोमनाथ सापकोटाको टाउकोमा अचानक जोडले ढुंगा बज्रिएको छ । ढुंगा बज्रिएपछि सापकोटा घाइते भएको बताइएको छ ।

मेयर सापकोटा वामी–टक्सार–अर्लाङकोट हुँदै काँडेवास हटिया जोड्ने निर्माणाधीन मोटरवाटोको अनुगमन तथा निरीक्षण गर्ने क्रममा माथिबाट  खसेको ढुंगाले लागको बताइएको छ ।

वायाँ हात तथा खुट्टामा चोट लागेका उनको प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ । मेयर सापकोटा ठुलो घटनाबाट बाच्न सफल भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया