एजेन्सी – धोनीकी पुर्व प्रेमीका तथा अभिनेत्री राय लक्ष्मीले धोनीसँगको सम्बन्ध कुनै घाउको दागजस्तो भएको बताएकी छन् ।

भारतिय मिडियाका अनुसार९ वर्ष अगाडी धोनीको प्रेममा रहेकी रायले अहिले आएर पनि आफ्नो नाम धोनीसँग जोडेर हेरीदा निकै नराम्रो लाग्ने बताएकी छन् । उनीहरुको १ वर्षसम्म अफयेर चलेको थियो ।धोनीबाहेक अन्यसँग पनि प्रेम सम्बन्ध भएको तर उनीहरुको बारेमा कहिल्यै कुरा नहुने तर ९ वर्ष अगाडीको धोनीसँगको सम्बन्धको चर्चा आजसम्म हुँदा यस कुराले आजसम्म पिछा नछोडेको हुँदा यस्तो कुरा पटक्कै मन नपरेको रायले बताइएकी छन् ।

दक्षिण भारतीय फिल्ममा सक्रिय रायलक्ष्मी बलिउड फिल्म जुली २’ मा काम गरेपछि उनको चर्चा झन चुलिएको छ ।उनको फिल्मको ट्रेलरमा देखाइएका दृश्यले उनको उनको लोकप्रियता बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया