एजेन्सी- बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको श्रीमान राज कुन्द्राको तस्वीर खिच्ने प्रयास गर्ने २ जना फोटाग्राफरले पिटाइ खाएका छन्। भारतिय मिडियाका अनुसार शिल्पा बसेको होटलका बाउन्सरले शिल्पाको तस्वीर खिच्ने क्रममा फोटाग्राफरले पिटाइ खाएको बताइएको छ ।

१ जना फोटोग्राफरलाई भने बेस्सरी चोट लागेको बताइएको छ ।फोटोग्राफरले ती बाउन्सर बिरुद्द उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको बताइएको छ ।शिल्पा शेट्टी र राज कुन्द्रा

फोटोग्राफरले तस्वीर लिन सुरु गरेका थिए। शिल्पाले पनि आरामसँग होटल बाहिर पोज दिँदै थिइन्। यसैबीच होटलका बाउन्सर बाहिर आए र फोटोग्राफरलाई जान आग्रह गरे। तर फोटोग्राफरले उनीरुको कुरा सुनेनन् र शिल्पाको तस्वीर लिइरहे। त्यसपछि बाउन्सरले फोटोग्राफरलाई पिट्न सुरु गरेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया