काठमाडौं, भदौ २३ – सुनचाँदीको भाउ आज फेरी बढेको छ । सुनको भाउ शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ । सुनमा लगानीकर्ता बढेकाले भाउ पनि महंगो हुँदै गएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया