काठमाडौं – पूर्वपोर्नस्टार सनी लिओनले बलिउडमा आफ्नो संघर्षबारे अभिनेत्री नेहा धुपियालाई सुनाएकी छिन् । सनीले सुरुवातीका दिनमा आफूसँग स्टेज सेयर गर्न कोही बलिउडकर्मीले पनि नमान्ने गरेको दुःख स्मरण गरेकी छिन् ।

म कुनै कार्यक्रममा गएँ भने मान्छेहरू म को हुँ, कहाँबाट आएँ भनेर कानेखुसी गर्थे । कतिपयले मेरो बारेमा जानेका पनि हुँदा रहेनछन् । त्यसैले अचम्म तरिकाले हेर्थे । तर, मसँगै स्टेजमा जान, सँगै बस्न, बोल्न अप्ठ्यारो मान्थे,’ सनीले भनेकी छिन्, ‘मान्छेहरूको त्यस्तो व्यवहारले मेरो चित्त दुख्थ्यो । तर, मैले कहिल्यै आफूलाई कमजोर देखाइनँ ।’ मान्छेहरू आफूसँग उठबस गर्न हिच्किचाउने गरेको कुरा उनका पति डेनियललाई कसैले भनेकाले थाहा पाएको सनीले बताएकी छिन् ।

बलिउडको सुरुवातीका दिनमा उनी एउटा अवार्ड कार्यक्रममा गएकी रहिछन् । एउटा कुनामा धेरैबेर उनी बसिरहिन् । कोही पनि उनीसँग बोल्न आएन । न त कसैले उनलाई स्टेजमा नै बोलायो । तर, पनि आफूले हिम्मत नहारेकाले आजको स्थान बनाएको दाबी उनको छ ।

सनी विगत तीन वर्ष गुगलमा सबैभन्दा बढी खोजिने भारतीय सेलेब्रिटीमा पर्छिन् । मान्छेहरूले जे भने पनि आफू सही भएको जिकिर उनको छ । सनीले आफूले अहिलेसम्म जो–जोसँग काम गर्‍यो, उनीहरू नै आफ्नो साथी भएको र तीबाहेक अरूसँग आफू कनेक्टेड नभएको समेत बताएकी छिन् ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया