काठमाडौं । बहुप्रतिक्षित फिल्मका रुपमा हेरिएको फिल्म २ रुपैयाँ आजबाट प्रर्दशनमा आएको छ । कुटुमा कुटु लगायतका गीतहरुबाट चर्चित बनेको फिल्मले कुनै चलचित्रसँग प्रतिस्पर्धा नै नगरी एकलौटी हल पाएपछि निर्माता निर्देशकहरु उत्साहित देखिएका छन् ।

यो हप्ता अन्य चलचित्र रिलिज नभए पनि २ रुपैयाँले गत हप्ता रिलिज भएका बादशाहा र ए मेरो हजुर २ सँग प्रतिस्पर्धा गर्ने भएको छ । कुटुमा कुटु बोलको गीत युट्युबमा २ करोडभन्दा बढी हेरिएकाले समेत चलचित्रप्रति आम दर्शकको आकर्षण रहेको सहजै बुझ्न सकिन्छ । एक्सनप्रधान चलचित्र २ रुपैयाको लेखन र निर्देशन असिम शाहले गरेका हुन् । चलचित्रमा नायिका श्वस्तिमा खड्का, आसिफ शाह, निश्चल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया