महेन्द्रनगर । कञ्चनपुरको भुजेलामा गोली चल्दा दुई जना घाइते भएका छन् । गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएको बताइएको छ ।

चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको छ। घाइते दुवैजना भारातीय नागरिक भएको र उनीहरुलाई उपचारका लागि भारत पठाइएको छ।

गएराती महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ। मोटरसाइकलबाट घरतर्फ जादैँ गरेका दुवैजनालाई पिछा गर्दै आइरहेको मोटरसाइकलमा सवार दुई जनाको समूहले गोली प्रहार गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया