काठमाडौं -अभिनेता सलमान खान कति सन्की छन् भन्ने त सबैलाई थाहा छ । आफूलाई मन परेन, चित्त बुझेन र रिस उठ्यो भने उनी प्रेमिकालाई समेत हातपात गर्न पछि पर्दैनन् । त्यस्तैमा अर्का अभिनेता वरुण धवनले सलमानबाट पिटाइ भेट्ने धम्की पाएको खबर सार्वजनिक भएको छ ।

वरुणलाई सलमानले अहिले मात्र होइन, झन्डै २० वर्षअघि नै पिट्ने धम्की दिएका थिए । हुँदाहुँदा केही समयअघि वरुणले फेरि सलमानबाट पिटाइ भेट्ने धम्की पाए । कुरा ‘जुड्वा’ फिल्मको हो । आफू अभिनीत ‘जुड्वा–२’को प्रमोसनमा खटिएका वरुणले सलमानसँगको सन् १९९७ को कुरा सम्झिए ।

जुड्वाको सुटिङमा वरुण पनि सँगै थिए । त्यतिवेला उनले सलमानलाई अंकल भनेर बोलाएछन् । आफूलाई अंकल भनेकोमा सलमान रिसाएछन् । ‘बुबा ९निर्देशक डेबिड धवन०सँग सुटिङ हेर्न गएको थिएँ, मैले उहाँलाई अंकल भनेर बोलाएँ, उहाँ रिसाउनुभयो,’ वरुणले भनेका छन्, ‘उहाँले मलाई अंकल होइन, दाइ भन दाइ भन्नुभयो । मैले फेरि अंकल भनेमा पिट्ने धम्की पनि दिनुभयो । त्यहाँदेखि म उहाँलाई दाइ नै भन्छु ।’

वरुणले सलमान निकै सरल मिजासको भएको समेत बताएका छन् । ‘उहाँ निकै मिलनसार हुनुहुन्छ,’ वरुण भन्छन्, ‘पहिलाको जुड्वामा उहाँ हुनुहुन्थ्यो । अहिले म छु । उहाँले जुड्वा–२ मा मैले कमजोर काम गरेको रहेछु भने नराम्रोसँग पिट्ने धम्की दिनुभएको छ ।’ वरुण दोहोरो भूमिकामा अभिनीत जुड्वा–२ को टे«लर र गीतले राम्रो चर्चा पाएको छ । फिल्म दसैँको अवसरमा २९ सेप्टेम्बरमा रिलिज हुँदै छ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया