काठमाडौं । स्थानीय तह दोस्रो चरण निर्वाचनबाट निर्वाचिन जनप्रतिनिधि आफ्ना नगर–गाउँका विकास योजना बनाउन व्यस्त छन् । पराजित उम्मेदवार हारको समीक्षा गर्दै छन् ।

निर्वाचन जितेर पद पाए पनि कतिपय जनप्रतिनिधि भने नाता सम्बन्ध निर्वाचनले खोसेकोमा दुःखी छन् ।

चुनावी प्रतिष्पर्धामा हारेका त त्यत्तिकै दुःखी छन् । तर जिल्लामा निर्वाचन हाहर्नेभन्दा जित्ने बढी चिन्तामा देखिन्छन् । कारण पारिवारिक नाता सम्बन्ध टुट्नु हो ।

बाजुरा जिल्लाका नौवटा स्थानीय तहमा एउटै पदमा भिन्न पार्टीबाट प्रतिष्पर्धा गरेर झिनो मतले हारेका सँगै जितेका समेत पीडामा छन् । बडिमालिका वडाध्यक्षमा साला–भिनाजु भिडे । सोही नगरको २ नम्बर वडा अध्यक्षमा ज्वाइँ–जेठान र पाण्डव गुफा गाउँपालिका–१ मा वडाध्यक्ष लडेका काका–भतिज सबै यतिबेला उच्च अदालत दिपायलमा मुद्दा लडिरहेका छन् ।

मुद्दा घरायसी नभएर निर्वाचनका कारण जारी छ । बडिमालिका नगरपालिका–७ मा नेकपा एमालेका तर्फबाट टिकट लिएर भिनाजुसँग प्रतिष्पर्धा गरेका धर्मराज पाध्याय यो जितको खुसीभन्दा पीडाले बढी पिरोलिएका छन् । राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया