काठमाडौँ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’को बिहिबारको नियमित शोमा चार प्रतिस्पर्धी बुद्ध लामा, प्रताप दाश, सागर आले र निशान भट्टराईले दुई चरणमा आ आफ्ना प्रस्तुतीहरु पस्किरहेका छन् । जसमध्ये अहिले प्रताप दासले दोस्रो चरणको पहिलो प्रतिस्पर्धीका रुपमा मलाई माफ गरिदेउ बोलको गीत गाए ।

गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनताबाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरेकाले कार्यक्रमका निर्णायकहरुले प्रयोग गरेको अधिकारका विरुद्धमा अधिवक्ता यज्ञमणी न्यौपानेले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेपछि थप विबादित बनेको आइडलको आजको शोमा ४ जना प्रतिस्पर्धीहरुले गएको हप्ता झै दुई बिधामा आ आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया