काठमाडौँ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’को बिहिबारको नियमित शो सुरु भएको छ । आजको शोमा ४ जना प्रतिस्पर्धीहरुले गएको हप्ता झै दुई बिधामा आ आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरिरहेका छन् । गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनताबाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरेकाले कार्यक्रमका निर्णायकहरुले प्रयोग गरेको अधिकारका विरुद्धमा अधिवक्ता यज्ञमणी न्यौपानेले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेपछि काठमाडौँ जिल्ला अदालतले भोट गन्ने काम रोक्न अन्तरिम आदेश दिएको थियो ।

अन्तर्राष्ट्रिय आइडल सिरिजको नेपाल संस्करण ‘नेपाल आइडल’को गत हप्ताको शोमा जजहरुको निर्णयपछि विबादमा तानिएको शोका विषयमा अधिवक्ता यज्ञमणि न्यौपानेले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि बुधबार जिल्ला अदालतका न्यायाधीश दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै भोट गन्न रोक्न र सक्कल फाइ्लसहित उपस्थित हुन आदेश दिएको हो ।

यही आउँदो २३ गते दुवै पक्षको बहसपछि आइडल निरन्तर रहने वा के हुने भन्ने टुंगो लाग्ने स्रोतको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया