काठमाडौं । नेपालीहरुलाई यति बेला महान् पर्व वडा दशैंले छपक्कै छोपेको छ । विदेशमा रहेकाहरु धमाधम स्वदेश फर्किन थालेका छन् भने देशमै पनि टाढा रहेकाहरु आफ्नो घर गाउँमा फर्किने तयारीमा गाडीको काउण्टरमा लाईन लागिरहेका छन् ।

यस्तो बेलामा गरिबीको कारण विदेशी भूमिमा संघर्ष गरिरहेका युवा दम्पत्तीको परिवारमा रुवाबासी चलेको छ । विदेशमा रहेका श्रीमान गरिबीकै कारण साहुको ऋण तिर्न नसकेर फर्किन मानिरहेका छैनन् भने श्रीमती बरु सिस्नो खान तयार हुँदै भक्कानिएकी छिन् । यस्तै वास्तविक र मार्मिक कथा बोकेर एउटा गीतको भिडियो सार्वजनिक भएको छ ।
नेपाली भूमिको अभाव र तनावकै बिचमा त्यसलाई छिचोल्दै बिदेशी भूमिको अनुभव समेत बटुलेकी सिम्रन उदासीको शब्द समेटिएको दशैं खर्च म पठाउँला बोलको गितमा ताराबीर पाण्डेको संगीत समेटिएको छ भने ताराबीर पाण्डे र सिम्रन उदासीकै युगल स्वर सुन्न सकिन्छ ।

निकै नै मार्मिक तरिकाले निर्माण गरिएको भिडियोमा कृष्ण सापकोटा, सिम्रन उदासी, ट्रुजिना बाँस्कोटा र हरि ढकालले अभिनय गरेका छन् । जनकराज अधिकारीको छायाँकनमा तुलसी बाँस्कोटाले निर्देशन र सम्पादन गरेको भिडियोले आफूलाई सबै माझ चिनाउँन सहयोग गर्ने विस्वास लिएको रचनाकार, गायिका तथा मोडल सिम्रन उदासीले बताएकी छिन् ।

तपाईको प्रतिक्रिया