काठमाडौँ । आँफुलाई लिटिल यमबुद्ध भनेर चिनाउन चाहाने नेपाली र्यापर साकार अधिकारीले सामाजिक संजालमा अश्लिल शब्दको प्रयोग गर्ने क्रम बढ्न थालेपछि उनकी आमाले समेत हार खाएर छोरा साकारलाई नेपाल फर्काइदिन आग्रह गर्दै सहयोगको याचना गरेकी छिन् ।

साकारकी आमा रोजी अधिकारीले फेसबुकमा स्टाटस लेख्दै अष्टेलियामा भएका नेपालीहरुलाई मान्छे मरेपछि लास ल्याउन मद्धत गर्ने महानुभावलाई सम्बोधन गर्दै छोरा साकारलाई जिँउँदै नेपाल फर्काइदिन आग्रह गरेकी छिन् ।

मानसिक अवस्था कमजोर भएका कारणले साकारले अश्लिल भन्दा अश्लिल शब्द प्रयोग गर्दै अधिकांश समय लाइभमा अश्लिलता प्रर्दशन गरिरहेका छन् । साकारले प्रचण्ड, देउवा, बाबुराम लगायतका नेताहरुलाई अश्लिल गाली गर्दै हत्या गर्ने सम्मको धम्की दिएका छन् । उनको मानसिक अवस्था कमजोर भएको समेत बताइएको छ ।

तपाईको प्रतिक्रिया