काठमाडौँ – निर्देशक सुदर्शन थापाले पनि यो बर्षको हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिक्वेल बनाउने घोषणा गरेका छन् ।

हिजो जन्मदिन पारेर केक काट्दै सुदर्शनले सिक्वेल निर्माणको घोषणा गरेका हुन् ।चलचित्रमा ‘म यस्तो गीत गाउँछु’ कै कलाकार नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहनेछ ।

साथमा नायक सलोन बस्नेत पनिको पनि मुख्य भुमिका हुने बताइएको छ ।चलचित्रको छायांकन माघ महिनाबाट सुरु हुने यस फिल्म डान्सको कथामा बन्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया