जजरकोट २२ भदौ । सुर्खेत–जाजरकोट सडकखण्ड आज विहानैदेखि अवरुद्ध पारिएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका आफन्तहरुलाई क्षतीपूर्ति नदिएको भन्दै जाजरकोट कुदुबासीले विहानैदेखि सडकमा सवारीसाधन चल्न नदिएका हुन् ।

सडक अवरुद्ध पारिंदै गन्तव्यका लागि छुटेका सवारीसाधनहरु बाटोमा अलपत्र परेका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

२०७३ फागुन २६ गते भएको बस दुर्घटनामा २६ जनाको ज्यान गएको थियो । पीडित परिवारले अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएपछि आन्दोलनमा उत्र्नु परेको वताएका छन्।

तपाईको प्रतिक्रिया