नेपालगन्ज २२ भदौ । जिल्ला समन्वय समिति बाँके न्यूनतम सर्त तथा कार्य सम्पादन मापनमा एक स्थान तल झरेको छ । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्तर्गतको स्थानिय निकाय वित्तिय आयोगले गरेको मूल्यांकनमा गत वर्ष दोस्रो स्थानमा रहेको जिल्ला समन्वय समिति बाँके यो बर्ष भने एक स्थान तल झर्दै तेस्रो स्थानमा खुम्चिएको हो ।

आर्थिक बर्ष २०७२÷७३ मा आयोगका स्थानिय साशन बिज्ञ र वित्तिय बिज्ञले गरेको मूल्यांकनमा जिल्ला समन्वय समिति तेस्रो भएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिले सम्पादन गरेका कामको सूचकहरुका आधारमा अंक प्रदान गर्ने गरिएको हो । यसैबीच गतवर्ष दोस्रो स्थान हासिल गरेको दैलेख देशभरीकै उत्कृष्ट भएको छ । प्यूठानले दोस्रो स्थान हालिस गर्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया