नेपालगन्ज २२ भदौ । नेपालगन्ज्को रेडियो सदभाव सबैको रेडियो ९१.२ मेघाहर्जले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर–६ मा आज निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाल राष्ट्रिय निमावि गुलरीमा विहान १० बजेदेखि सुरु हुने स्वास्थ्य शिविरमा साविकका फत्तेपुर गाविसका वडा नम्वर ६, ८ र ९ का स्थानीयबासीलाई लक्षित गरिएको छ ।

जेस्चर्स अफ काइन्डनेस र एन.एम.एस.आर.ए को सहयोगमा हुन लागेको शिविरमा मेडिकल कलेज नेपालगन्जका डाक्टर सुगत शाक्यको नेतृत्वमा करिव एक दर्जन चिकित्सकहरुले स्वास्थ्य परिक्षण र निःशूल्क औषधि वितरण गर्ने शिविरको संयोजन गर्दै आउनुभएका रेडियो सदभावका स्टेशन संयोजक समिरमान श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीप्रभावितलाई लक्षितगरि आयोजना गरिएको शिविरमा करिव एक हजार स्थानीयको स्वास्थ्य चेकजाँच गरिने लक्ष्य लिइएको छ । रेडियो सदभावले यसअघि राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ र ७ मा गरिएको निःशूल्क स्वास्थ्य शिविरमा करिव १ हजार ५ सय स्थानीयबासीले सेवा लिएका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत रेडियोले विपदमा परेकालाई सहयोग गर्न स्वास्थ्य शिविर गर्दै आएको स्टेशन प्रमुख नवीन गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया