एजेन्सी- बाहुबली’का प्रभाषलाई नायिका श्रद्धा कपुर भेट्न आतुर भएकी छन् । खबर अनुसार प्रभासको अपकमिङ फिल्म ‘साहो’ मा श्रद्धाले पनि काम गर्ने भएपछि प्रभाषलाई भेट्न आतुर भएको बताइएको छ । हालै उनले दिएको एक अन्र्तवार्तामा श्रद्धा कपूरले अहिलेसम्म प्रभाससँग भेटघाट नभएको र प्रभाससँग भेट्न तड्पी रहेको बताइएकी छन् ।

यही महिनाबाट सुटिङ सुरु हुने फिल्ममा प्रभास, श्रद्धाका साथै महेश मान्जरेकर, ज्याकी श्राफ, चंकी पाण्डे, नील नितिन मुकेश, मन्दिरा बेदी लगायतका कलाकारको भुमिका रहेको छ ।

बाहुबली २’ का लागि प्रभासले २० देखि २५ करोड पारिश्रमिक लिएका थिए भने सोहोमा ३० करोड पारिश्रमिक लिने बताइएको छ । फिल्मलाई सुजितले निर्देशन गर्नेछन् भने निर्माता वी वामसी कृष्णा रेड्डी र प्रमोद रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया