सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट २० जना घाइते भएका छन् । वडा नम्वर १, २ र ४ मा वहुला स्यालको टोकाइबाट २० जना घाइतेहरुको उपचार भइरहेको बताइएको छ ।

गएको विहीबारदेखि आजसम्म गरेर २० जनालाई स्यालले टोकेको बताइएको छ ।थप उपचारका लागि टेकु अस्पताल काठमाडौं ल्याइनु पर्ने बताइएको छ । स्याल आतंकपछि नगर स्वास्थ कार्यालय गुर्भाकोटमा आकस्मिक वैठक वसिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया