काठमाडौं – पिपल्स रिपब्लिक चाइना अर्थात् चीन एक यस्तो देश हो, जसको आफ्नो सानो उत्तर–पूर्वी छिमेकी देशको साथमा निकै गहिरो सम्बन्ध छ । यसको एउटा कारण दुवैबीच सम्पन्न दुई सन्धिमा गरिएको प्रतिबद्धता पनि हो । उत्तर कोरिया एक मात्र यस्तो देश हो, जसको चीनसित यस्तो सन्धि भएको छ । यसैअन्तर्गत दुवै राष्ट्रले एक–अर्कालाई सहयोग गर्नु जरुरी छ । जुलाई १९६१ म हस्ताक्षर भएको यस सन्धिमा जम्मा सात अनुच्छेद छन् ।

यसको दोस्रो अनुच्छेद निकै महत्वपूर्ण छ । यसमा लेखिएको छ– हस्ताक्षर गर्ने दुवै पक्ष संयुक्त रूपमा यसमा सहमत छन् कि कुनै पनि देशद्वारा हुने कुनै पनि आक्रामकतालाई रोकिनेछ ।

युद्धको स्थितिमा पनि सहयोग गर्नुपर्ने
यसमा अगाडि भनिएको छ कि यदि एउटा पक्षमाथि कुनै अर्को या कैयौँ अन्य राष्ट्र मिलेर आक्रमण गर्छन् र ऊ युद्धमा सामेल हुन्छ भने दोस्रो पक्षले यसलाई समाप्त गर्न तत्काल सैनिक र अन्य साधनबाट मद्दत गर्नेछ ।

संक्षिप्तमा यो बुझ्न सकिन्छ, यदि उत्तर कोरियामाथि अमेरिका या दक्षिण कोरियाले आक्रमण गरे भने चीनको भूमिका के हुन्छ ? भन्ने प्रश्नको जवाफ यही अनुच्छेदबाट अवश्यै प्राप्त हुन्छ । यस सन्धिअनुसार एक पक्ष दोस्रो पक्षको युद्धमा सामेल हुन बाध्य छ ।

चीन सामेल भएको थियो युद्धमा
यसका अतिरिक्त अरू पनि कैयौँ उदाहरण छन् । यस सन्धिभन्दा पहिले १९५० मा चीनले कोरियाली युद्धमा संयुक्त राष्ट्र संघको सेना उत्रिएपछि आफ्ना लाखौँ सैनिकलाई उतारेको थियो । उत्तर कोरियाको रक्षा र मध्यवर्ती क्षेत्रको आधारमा हेर्दा यो निकै ठूलो सैनिक सम्पत्ति थियो ।

यो सन्धि अहिले पनि अस्तित्वमा छ । यद्यपि जब यसमा हस्ताक्षर गरिएको थियो, त्यहाँदेखि यहाँसम्म चीनमा निकै ठूलो परिवर्तन भएको छ । सन् १९७६ मा चीनका शासक माओको मृत्युपछि यस देशले समाजवादको एक आदर्शवादी संस्करणको पालना गर्दै यसमा निकै ठूलो सुधार गरेको छ । यसैको परिणामस्वरूप आज चीनको प्रणाली निकै जटिल छ । यसको अर्थ व्यवस्था र भूराजनीतिक महत्व बढेको छ ।

उत्तर कोरियाबाट लगभग पूरैजसो निर्यात या त चीनका लागि हुन्छ या चीनको बाटो हुँदै हुने गर्छ । उसको ९० प्रतिशत सहयोग चीनबाटै आउँछ । चीन यस्तो एक्लो देश हो, जसको साथ उसको हवाई सम्पर्क र रेल्वे लाइनमा समेत छ ।
उत्तर कोरियाका लागि विषय निकै अलग भएका छन् । तीव्र प्रयासको बाबजुद पनि पछिल्ला तीन दशकमा नियन्त्रित सुधारमा निकै कम सफलता प्राप्त भएको छ ।

उत्तर कोरियाले चिनियाँ मोडल अपनाएन
२००० को सुरुवातमा चीनले उत्तर कोरियाका तत्कालीन शासक किम जोङ इलको स्वागत गरेको थियो । चीनले उनलाई सांघाईमा ‘स्पेसल इकोनोमिक जोन’ देखाएको थियो र उदाहरण दिएको थियो कि कसरी पुँजीवादी पश्चिमा देशको विनिर्माण र निर्यातलाई सेवा दिँदै माक्र्सवाद–लेनिनवादी प्रणालीलाई कायम राख्न सकिन्छ । चीनको यस प्रयासबाट उत्तर कोरियालाई कुनै सहयोग प्राप्त भएन । ऊ आफ्नो ‘जुसे’ विचारधाराअनुसार नै चलिरह्यो । यो एक राष्ट्रवादी विचारधारा हो, जसको उद्देश्य कुनै अर्काे मोडलको नक्कल गर्नुबाट रोक्नु हो ।

यसकारण उत्तर कोरियामा यस समय जुन बजार अस्तित्वमा छ, त्यो अत्यधिक सीमाबद्ध र देशको सैन्य उद्देश्य एवं शासनको सहायकको भूमिकामा छ ।

सोभियत संघ थियो संरक्षक
चीनको वर्तमानमा सबैभन्दा ठूलो शक्ति उसको व्यापार, सहायता र ऊर्जा हो । १९९१ मा जब सोभियत संघको विघटन भयो, तब उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण संरक्षक रातारात गायब भएको थियो । त्यसपछि उत्तर कोरियाको चीनमाथिको निर्भरता बढ्यो, जुन अब एकाधिकारका रूपमा उपस्थित छ ।
नयाँ पत्रिकाले छापेको छ ।

उत्तर कोरियाको ८० प्रतिशत तेल चीनबाटै आउँछ । कोइलाको आयात पनि चीनबाटै हुने गथ्र्यो । यद्यपि, उत्तेजक व्यवहारपछि पछिल्लो वर्ष जुलाईमा उसमाथि प्रतिबन्ध लगाइएको थियो । चीन आफ्नो यस सम्झौताका कारण आफू फसेको महसुस गर्ने गर्छ । उत्तर कोरियाले लगभग पूरैजसो निर्यात या त चीनका लागि हुन्छ या चीनको बाटो हुँदै हुने गर्छ । यसको ९० प्रतिशत सहयोग चीनबाटै आउँछ । चीन यस्तो एक्लो देश हो, जसको साथ उसको हवाई सम्पर्क र रेल लाइनमा समेत छ ।

(ब्राउन लन्डनस्थित किंग्स कलेजका प्राध्यापक हुन्)
बिबिसी हिन्दी डट कमबाट

तपाईको प्रतिक्रिया