नवलपरासी- नवलपरासीको कावासोती नगरपालिका–३ थकालीचोकमा बुधबार घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन् ।

आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरिएको हो ।

आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । आगजनी कसले र किन गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया