अमेरीकामा एउटा यस्तो गाउँ छ, जसको बारेमा तपाईंले थाहा पाउनुभयो भने अचम्म मान्नुहुनेछ । अमेरिकाको फ्लोरिडाबाट २ माइल पर पर्ने मिरेकल नामक गाउँमा अहिलेसम्म बलात्कारी मात्रै बस्ने गरेका छन् ।

यो गाउँमा रहेका २ सय जना सबै सबै बलात्कारी रहेका गार्जियन पत्रिकाले उल्लेख गरेको छ । फ्लोरिडामा यौन दुव्र्यवहार गर्नेविरुद्ध कडा नियम छ र बलात्कारीहरुलाई छुट्टै राख्नका लागि सन् १९६० मा यो बस्ती बसाइएको थियो । कसैमाथि यौन दुव्र्यवहार गर्नेहरुलाई यो बस्तीमा राख्ने गरिन्छ ।

अरु मानिसहरुबाट छुट्टै राखेर उनीहरुलाई सुधार्नका लागि यस्तो सजायको व्यवस्था गरिएको हो । – एजेन्सी

तपाईको प्रतिक्रिया