काठमाडौँ । गायिका तथा मोडल मोनालिसा पराजुलीले नेपाली सांगीतिक तथा कलाकारीताको क्षेत्रमा काम गर्न थालेको लामो समय भयो । यसबिचमा उनले अभिनय, गायन सँगसँगै निर्देशनमा पनि हात हालेकी छिन् । गायक सुवास पराजुलीकी छोरी मोनालिसाले आँफै निर्देशन गरेको गीतमा स्वर समेत आँफैले भरेकी छिन् भने उनी आँफैले अभनिय गरेकी छिन् ।

अंग्रेजी भाषाको गीत ‘कलरफुल माइन्ड’को भिडियो रिलिज भए लगत्तै चर्चित बनेको छ । जसमा मोनालिसाकै अभिनय देख्न सकिन्छ । भिडियो उनले आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् ।

हलिउडमा आफ्नो परिचय बनाउने सोचका साथ अग्रेजी गीत गाएको उनले बताइन् । पवन थापाको संगीत रहेको गीतको भिडियो सन्दीप श्रेष्ठले छायांकन गरेका हुन्, भने सम्पादन बिकाश ज्ञवालीको रहेको छ । गायिका तथा मोडल मोनालिसा इञ्जिनियरिंगकी बिद्यार्थी समेत हुन् ।

तपाईको प्रतिक्रिया