काठमाडौँ । चर्चित गायक हिमाल सागरको नयाँ गीत ‘तिमी भन्छौ कुर्सी कुर्सी यहाँ कान्छीको भो चिन्ता’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कलाकार अनिल पाण्डेका शब्द शृजनामा, गायक स्वयमको संगीत रहेको गीतको सञ्जय हमालले एरेन्ज गरेका छन् ।

गोबिन्द राईको कोरियोग्राफी रहेको गीतको छायांकन अमृत सुनुवारले गरेको हुन् भने ले सम्पादन माधव बेलबासेले गरेका हुन् । भिडियोमा पूर्व कृषि मन्त्रि हरि पराजुलीको अश्लिल हर्कतलाई नजिकबाट ब्यग्यात्मक शैलिमा प्रस्तुत गरिएको छ ।

तत्कालिन कृषि मन्त्रिले असार १५ धान रोपाईको बेलामा गरेको हर्कतलाई भिडियोमा ब्यग्यात्मक शैलिमा देखाइएको छ । जसको निर्देशन दिनेश डिसीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया