नेपालगन्ज २१ भदौ । अवैधरुपमा नेपालगन्ज भित्र्याइएको ठूलो परिमाणको कपडा प्रहरीले बुधबार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, चारी तस्करी नियन्त्रण टोलीले विहान साढे तीनबजे तिर नेपालगन्जको विद्यूत कार्यालय नजिकैबाट १० गुण्टा कपडा बरामद गरेको हो ।

उक्त कपडाको मूल्य करिव डेढ लाख रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बीरबहादुर थापाले जानकारी दिए । बरामद गरिएको कपडामा अधिकांश लेडिज सुट, धोती, सारी र केही थानको कपडा पनि रहेको छ । कपडा भित्र्याउने समूह भने प्रहरीले देखेपछि फरार भएको थियो । बरामद गरिएको कपडा राजस्व कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक थापाले वताए ।

तपाईको प्रतिक्रिया