नेपालगन्ज २१ भदौ । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट गर्ने दुईजनालाई बुधबार कारवाही गरेको छ । डुडुवा गाउँपालिका–९ संतलियाका छोट्कौ दर्जि र विद्याराम यादवलाई विद्युत चोरी गरेको भन्दै जनही पाँच÷पाँच हजार जरिवाना गरिएको प्राधिकरणका नेपालगन्ज प्रमुख उमेशकुमार झाले जानकारी दिए ।

विद्युत चुहावट नियन्त्रणका लागि गठित टोलीले विहान करिव ४ बजेतिर त्यसक्षत्रमा अनुगमन गरेको थियो । सुरक्षाकर्मी समेत सम्मेलित टोलीले हुक गरेर विद्युत चोरी गरेको पाइएपछि दर्जि र यादवलाई नियन्त्रणमा लिएर कारवाही गरेको प्रमुख झाले वताए ।

तपाईको प्रतिक्रिया