नेपालगन्ज २१ भदौ । बाँके खजुराका युवा नेता विवेक मल्लले समाज विकास तथा प्रबर्धन केन्द्र संगमनगर नेपालगन्जमा बस्दै आएका ९ जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन ।

नेविसंघ बाँकेका जिल्ला सदस्य समेत रहेका मल्लले अनाथसँग नेविसंघ भन्ने नारा लिएर शैक्षिक सामग्री संकलन अभियान सुरु गरेका हुन । उनले शैक्षिक सामग्री संकलन अभियान सुरु गर्न थालेपछि धेरैको साथ र सहयोग मिल्दै आएको छ ।

अभियानबाट संकलित ३ सय पिस कापी, ९ थान ब्याग र अन्य शैक्षिक सामग्री बुधबार बालबालीकालाई हस्तान्तरण गरेका हुन । मल्लले आफ्नो फेसबुक बाट ति अनाथ बालबालीकाको अवस्थाको बारेमा पोष्ट गर्दे सहयोगको अपिल गरेका थिए । फेसबुक अभियान र साथिहरुसगँको प्रतक्ष भेटघाटले पनि सहयोग जुटाउन सफल भएको मल्लले बताए ।

तपाईको प्रतिक्रिया