काठमाडौँ । चर्चित निर्माता छविराज ओझाको असोज ११ गते सार्वजनिक गर्ने तयारीमा रहेको फिल्म ‘मंगलम’को पहिलो गीत सार्वजनिक गरिएको छ । लोक शैलीको यो गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोलाइ कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । मंगलबार मात्रै चलचित्रको फस्टलुक सार्वजनिक गरेको चलचित्र यूनिटले आक्रामक प्रचार प्रसार गर्दै १ दिनको अन्तरमा पहिलो गीत सार्वजनिक गरेको हो ।

चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ । छविराज ओझाको निर्माणमा तयार भएको चलचित्रलाइ नवल नेपालले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया