काठमाडौं । एपि वान टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गन्ने काम रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश दिएको छ ।

अन्तर्राष्ट्रिय आइडल सिरिजको नेपाल संस्करण ‘नेपाल आइडल’को गत हप्ताको शोमा जजहरुको निर्णयपछि विबादमा तानिएको शोका विषयमा अधिवक्ता यज्ञमणि न्यौपानेले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि बुधबार जिल्ला अदालतका न्यायाधीश दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै भोट गन्न रोक्न र सक्कल फाइ्लसहित उपस्थित हुन आदेश दिएको हो ।

यही आउँदो २३ गते दुवै पक्षको बहसपछि आइडल निरन्तर रहने वा के हुने भन्ने टुंगो लाग्ने स्रोतको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया