काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले बनाउने भनेको चलचित्र निर्माणको घोषणा गरेकी छिन् । एलिजाले राजधानीमा आयोजीत एक कार्यक्रमकाबिच चलचित्रको नाम ‘अनुराग’ राखिएको जानकारी दिइन् ।

एलिजा गौतमले आफ्ना नायकका रुपमा मोडल दीपक घिमिरेसँग अनस्क्रिन रोमान्स गर्ने पक्का पक्की भएको छ । सो अवसरमा उनले आँफले निर्माण गर्न लागेको फिल्म सांगीतिक प्रेम कथामा बन्ने बताइन् । र यसको सम्पूर्ण श्रेय पति धमलालाई दिइन् ।

चलचित्रमा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाइ र अगत केसीको पटकथा तथा संवाद रहनेछ । चलचित्र निर्माण घोषणा कार्यक्रममा पत्रकार धमला पनि उपस्थित थिए ।

तपाईको प्रतिक्रिया