काठमाडौँ । नेपालको चर्चित रियालिटी शो नेपाल आइडलमा यो हप्ता निस्शुल्क भोट गर्न पाइने भएको छ । अघिल्लो हप्ताको नो एलिमिनेसन एपिसोडपछि चौतर्फी बिरोधका स्वरहरु घन्किन थालेपछि दर्शकका गुनासा सम्बोधन गर्न आयोजकले आइडलको एपमार्फत निशुल्क भोटिङको व्यवस्था गरेको जनाएको छ ।

आइडलले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिदै नेपाल आइडलको एप डाउनलोड गरेर मन लागेका प्रतिस्पर्धीलाई पाँच पल्टसम्म भोट गर्दा पैसा नलाग्ने उल्लेख गरेको छ ।

आइडलमा बाँकी चार प्रतिस्पर्धी मध्ये बुद्ध लामा, निशान भट्टराई, प्रताप दास, सागर आलेलाई भोट गर्न सकिने आइडलले जनाएको छ । आइडलको फाइनल २२ सेप्टेम्बरमा कतारमा हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया