काठमाडौं – मधुमेह यस्तो रोग हो, जो लागेपछि कहिल्यै निको हुँदैन । तर, यसलाई कम भने गर्न सकिन्छ । कसरी ? हाम्रै जीवनशैलीलाई अलिकति फरक तरिकाले जिउन सके हुन्छ । केही महत्वपूर्ण टिप्स पढ्नुस्, जसले मधुमहेलाई कम गर्न सघाउ पुर्‍याउँछ :

तपाईंको शरीरले कार्बोहाइडे«डलाई सुगरमा टुक्र्याउँछ । इन्सुलिनले सुगर बढाउँछ । कार्बोहाइड्रेड पर्याप्त खाँदा वा इन्सुलिनको कार्यमा समस्या आएमा यो प्रक्रिया बिग्रन्छ र ब्लडमा ग्लुकोजको तह बढ्छ । न्यून कार्बोहाइड्रेडयुक्त भोजनले ब्लडसुगरको तहलाई घटाउँछ र ब्लडसुगर स्पाइकबाट बचाउँछ । नियमित व्यायामले तौल घटाउन सहयोग गर्नुका साथै इन्सुलिनको तीव्रता वृद्धि गर्छ । इन्सुलिन तीव्रताको अर्थ तपाईंको शरीरको ब्लडस्ट्रिममा पर्याप्त सुगरको उपयोग गर्ने भन्ने अर्थ लाग्छ । व्यायामले तपाईंको मांसपेशीलाई ऊर्जाका लागि ब्लडसुगर उपयोग गर्न सहयोग गर्छ । तौल उचाल्ने, फटाफट हिँड्ने, दौडने, बाइकिङ, नाच्ने, हाइकिङ, स्विमिङजस्ता व्यायाम गर्नुस् । यसले मधुमेह घटाउन मद्दत गर्छ ।

तपाईंले खाने फाइबरको प्रकारले पनि शरीरमा महत्वपूर्ण भूमिका खेल्छ । दुई प्रकारका फाइबर हुन्छन्, समाधान गर्न सकिने र समाधान गर्न नसकिने । दुवै फाइबर महत्वपूर्ण भए पनि समाधान गर्न सकिने फाइबर ब्लडसुगर न्यून गर्न सिद्ध भएको छ ।

तनावले ब्लडसुगरको तहलाई असर गर्छ । अत्यधिक तनावका कारण ग्लुकागोन र कोर्टिसो नामक खुसी गराउने तत्वहरू हराउने गर्छन् । यस्तो हर्मनले ब्लडसुगरको तह वृद्धि गर्छ ।

सकेसम्म प्रशस्त मात्रामा पानी खाने बानीको विकास गरौँ । पानी सेवनले सुगरको मात्रा कम गर्न मद्दत गर्छ ।

खाना नियन्त्रणले शरीरले लिने क्यालोरीको मात्रा पनि घट्छ र तौल घटाउँछ । तौल घटाउँदा स्वस्थ ब्लडसुगर प्रवद्र्धन हुने र टाइप टु डायबिटिजको खतरा घटाउन सहयोग पुग्छ ।

पर्याप्त सुत्नु स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कम सुताइ र आराम अभावले ब्लडसुगरको तह र इन्सुलिन वृद्धि हुन्छ । नयाँ पत्रिकाले छापेको छ ।

स्याउको भिनेगरले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउँछ । यसले ब्लडसुगरको उपयोगलाई बढाउँछ र कलेजोले यसको उत्पादन घटाउँछ । भिनेगरले फास्टिङ ब्लडसुगरलाई घटाउँछ । स्याउको भिनेगरले शरीरले सुगरसँग गर्ने रेस्पोन्सलाई महत्वपूर्ण ढंगले प्रभाव पार्छ र इन्सुलिनको संवेदनालाई सुधार गर्छ ।

तपाईको प्रतिक्रिया