काठमाडौं-  अभिनेता प्रदीप खड्का भाग्यमानी कलाकार मानिन्छन् । उनले आफ्नो पहिलो लिड क्यारेक्टर ‘प्रेमगीत’बाटै सबैको मन लुटे । प्रेमगीतको सिक्वेल ‘प्रेमगीत २’ ले थप सफलता हात पार्‍यो । दुवै चलचित्र व्यावसायिक रूपमा सफल मात्रै भएनन्, प्रदीपले प्रशस्त फ्यान पनि कमाए । ह्यान्डसम नायकका रूपमा चलचित्र क्षेत्रमा चिनिएका प्रदीपले अरूको मन कसरी जित्न सक्छन् ?
यस्तो छ उनको विचार :

सहयोगी भावनाको विकास
सबैभन्दा पहिलो कुरा मानिस सहयोगी भावना भएको हुनुपर्दछ । आफूले सक्दो सहयोग गर्न कहिल्यै बिर्सनु हुँदैन । सक्ने र क्षमताले भ्याएसम्म सबैको दुःखमा साथ दिन सक्नुपर्छ । असहयोगी र स्वार्थी मानिस कसैको प्यारो हुन सक्दैन ।

सफा तर सुहाउँदो लुगा लगाऔँ
व्यक्तिको पहिचान उसले लगाउने डे«सअपबाट झल्किन्छ । सफा लुगा लगाउन कहिल्यै बिर्सनुहुन्न । फोहोर कपडामा धेरैले छिः भन्छन् । यद्यपि, कपडा सफा भएर मात्रै ह्यान्डसम देखिन्छ अथवा अरूको मन जित्न सकिएला भन्ने कुरा गलत हो । युवाले आफ्नो शरीरको बनावटअनुसार सुहाउँदो र फिटिङ कपडा लगाउन जरुरी छ । साथै, समयसुहाउँदो फेसनेबल पनि हुन सक्नुपर्छ ।

अध्ययनशील बनौँ
अध्ययनशील मानिसले सबैको मन जित्न सक्छ । शिक्षित व्यक्ति जोकसैको नजरमा पनि पर्ने भएकाले सकेसम्म हरेक कुराको ज्ञान लिने बानी विकास गरौँ । पढेर मात्रै हुँदैन, व्यावहारिक पनि हुन जान्नुपर्छ ।

ब्रस गर्न नभुलौँ
अरू मानिसको नजरमा पर्ने मुख्य कुरामध्ये हाम्रो दाँत पनि हो । दाँत फोहोर भयो भने अर्को मान्छेले मनमनै घृणा गर्न सक्छ । बिहान र साँझ खाना खाएपछि ब्रस गर्न भुल्नु हुँदैन । कपडा आकर्षक, नुहाइधुवाइ गरेर कालो कोटसहित आकर्षक जुत्तामा ठाँटिएर हिँड्ने पुरुषले यदि दाँत सफा बनाएर नहिँडे धेरैले गिज्याउन सक्छन् ।

अनुहारको छालामा विशेष ध्यान दिऔँ
अनुहारमा सकेसम्म साबुनभन्दा पनि फेसवास प्रयोग गरेर सफा गरौँ । कहिलेकाहीँ मसाज पनि गर्नुपर्छ । अनुहारको मसाजसँगै कसरी चमक देखाउन सकिन्छ भन्ने विषयमा पनि ध्यान दिनुपर्छ ।

नङ नपालौँ
मानिसको व्यक्तित्व झल्काउने अर्को कुरा भनेको उसको नङ पनि हो । सकेसम्म नङ नपालौँ । नङ पाल्ने पुरुष राम्रो देखिँदैन । नयाँ पत्रिकाले छापेको छ ।

कपाल–दाह्री सुहाउँदो पालौँ
आफ्नो अनुहार र जिउडालअनुसार कपाल र दाह्री पाल्नुपर्छ । यदि, सुहाउँदैन भने नपाल्दा ठीक हुन्छ । जबर्जस्ती कपाल–दाह्री पालेको पुरुष कहिलेकाहीँ बाहिरी नजरबाट हेर्दा नराम्रो पनि देखिन सक्छ । बाहिरबाट आफूलाई हेर्दा कस्तो देखिएला भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । झुस्स दारी पालेको र नमिलेको कपाल भएको पुरुष अरूको नजरमा नराम्रो देखिन सक्छ ।

तपाईको प्रतिक्रिया