खगेन्द्र दाहाल, नेपालगन्ज २० भदौ ।

बाँकेमा अर्गानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न थालिएको छ । खाली र थोरै जग्गामा तरकारी खेती गर्दै आएका किसानहरुलाई रासायनिक मलको सट्टा गड्यौला मलको प्रयोगमार्फत अर्गानिक तरकारी खेती उत्पादन गरिएको हो । सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले समेत गड्यौला मल प्रविधिबारे किसानहरुले तालिम दिएपछि उनीहरुलाई अर्गानिक तरकारी उत्पादनमा सहज पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका किसानहरु करेसाबारीमा रासायनिक मलको सट्टा गड्यौला मलको प्रयोग गर्न थालेका छन् ।

गड्यौला मल प्रविधीवारे तालिम दिएपछि ३४ जना किसानले मल आफै उत्पादन गरेर प्रयोग गरेका हुन् । नेपालगन्ज उपमहानगरपालीकाको वडा नं. १८ र जानकी गाउँपालीकाका किसानहरु करेसाबारीमा प्रयोग गरेको गड्यौला मल प्रभावकारी बन्ने देखिएको छ । उनीहरुले रासायनिक मलको सट्टामा गड्यौला मलको प्रयोग गर्न थालेपछि उत्पादन राम्रो हुने बताउछन । जानकी गाउपालिका ३ संगमनगरका कृषक प्रेम बहादुर घर्तिले गड्यौली मल प्रयोग गर्न थालेपछि तरकारीमा उत्पादन वद्धि भएको बताए । नेपालगन्ज तेजनगरका मानसिङ बराल करेसाबारिमा मात्रै होइन धानबालीमा पनि गड्यौला मलको प्रयोग गरेको र पोहोरको भन्दा राम्रो उत्पादन हुने संकेत देखिएको बताए ।

अहिले बजारमा तरकारीको अभाव भइरहने र उपलब्ध भएको तरकारी पनि रासायनिक मल र विषदिको प्रयोगका कारण स्वास्थ्यका लागि हानिकारक हुने गरेको छ । यहि कुरालाई मध्यनजर गर्दै फाईनस्मार्टले थोरै जग्गा हुने किसानलाई तरकारीमा आत्मनिर्भर सँगै स्वस्थ तरकारी उपभोगका लागि प्रांगारिक मल प्रबद्र्धन मार्फत पोषण सुधार कार्यक्रम सन्चालन गरेको बताएको छ । सोहि कार्यक्रम अन्तर्गत तालीम लिएका ३४ जना कृषकहरु अहिले गड्यौला मलको प्रयोग गर्न थालेका हुन । तेजनगरका कृष्णा खड्का युरीयाले बालिमा हानि पु¥याउने भएपनि गड्यौली मलले कुनै नोक्सानि नपुग्ने बताइन ।

गड्यौला मल पुर्णतया प्राङ्गारिक, सस्तो र उपयोगि रहेको किसानहरु बताउँछन् । यो मल खासमा इपिजेईक प्रजातिको एक गड्यौलाको दिशा हो । गड्यौला मल थोरै जमिन र भाँडोमा पनि तयार गर्न सकिने फाइन स्मार्टका विर बहादुर हमालले बताए । हमालले सानो आकारमा मल उत्पादन गर्ने भए लम्बाई चौडाई कम्तिमा १–१ मिटर भएको काठको बाकस, बाटा, टप वा अन्य यस्तै भाडोको प्रयोग गर्न सकिने बताएका छन । ठुलो आकारमा उत्पादन गर्ने भए ७ पिट सम्म लम्बाई, ३ फिटसम्म चौडाई र ढाई मिटर उचाई भएको खाल्डो तयार गरि ३ महिनामा उत्पादन गर्न सकिन्छ हमालले भने ।

नेपालगन्ज १८ तेजनगरका गंगाबहादुर नेपाली घरबाट निस्कने कुहिने फोहोर एवं झारपात कुहाएर गोबरमा मिलाई गड्यौलालाई खवाएपछि गड्यौलाको दिशाबाट निस्कने वस्तु नै मलको रुपमा प्रयोग हुने भएकाले मलमा खर्च नहुने र फोहार व्यवस्थापनमा पनि यो प्रविधी उपयोगि हुने बताउछन । तरकारीको अभाव भइरहने र विषदियुक्त तरकारी खानुपर्ने बाध्यता भएको सहरी क्षेत्रमा यो मलको उपयोग प्रभावकारी बन्ने देखिन्छ भने ग्रामिण क्षेत्रमा पनि गड्रयौला मलको प्रयोगमार्फत रासायनिक मलको विस्थापन सँगै उत्पादन पनि बढाउन सकिने किसानहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया