नेपालगन्ज २० भदौ । बाख्रा पैंचो कार्यक्रम अन्तर्गत नेपाल मुस्लिम बिकास चेतना केन्द्र बाँकेले मगलबार जानकी गाउँपालिकामा बाख्रा बितरण गरेको छ । जिल्ला पशु सेवा कार्यलय बाँकेको आर्थिक सहयोगमा जनकी गाउँपालिका ४ मा गठित एकजुट महिला समूहका १० जना मुस्लिम महिला कृषकलाई प्रति सदस्य एउटा बाख्रा बितरण गरिएको हो ।

समूहका अध्यक्ष साफिया बेगमको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिका पशु सेवा प्रमुख दिल बहादुर खड्काले बाख्रा हस्तान्तरण गरेका थिए ।

पैंचो फिर्ता हुनेगरी बाख्रा बितरण गरिएको नेपाल मुस्लिम बिकास चेतना केन्द्र बाँकेका समाज परिचालिका सिता चन्दले जानकारी दिइन । बाख्रा पाएपछि कृषकहरु ख्ुसी भएका छन ।

तपाईको प्रतिक्रिया