काठमाडौँ । चर्चित निर्माता छविराज ओझाको ‘मंगलम’ असोज ११ गते प्रदर्शनमा आउने भएपछि प्रचारप्रसारलाई आक्रामक रुपमा लैजाने निर्णय निर्माण यूनिटले गरेको छ । लामो समयदेखि चुपचाप बसेका निर्माता ओझाले अन्तत एक महिना पनि कम समय हुँदा वितरकसँगको सर सल्लाहमा असोज ११ मै आफ्नो फिल्मलाई ल्याउने निर्णय गरेपछि निर्माण यूनिट खुलेर प्रचार प्रसारमा लाग्ने भएको हो ।

‘मंगलम’ असोज ११ गतेबाट प्रर्दशनमा ल्याउने तयारी छक्का पञ्जा भन्दा पहिले आँफुले मिति तोकेको भन्दै निर्माता ओझाले भने हामीले बाझी मार्नेमा निश्चित छ ।

नवल नेपालको निर्देशन रहेको फिल्ममा शिल्पा पोखरेल, पृश्वीराज प्रसाईं र पुष्पल खड्काको मुख्य भूमिका रहेको छ भने शिल्पा पोखरेल यही चलचित्रबाट निर्मात्रीका रुपमा देखिएकी छिन् । चलचित्रमा पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ ।

तपाईको प्रतिक्रिया