काठमाडौं । बलिउड चर्चित नायक सैफ अलि खान तथा करिना कपुरकी सौतेनी छोरी साराको डेब्यू फिल्म ‘केदारनाथ’ को फस्र्ट लुक सार्वजनिक भएको छ ।

निर्देशक अभिषेक कपूरले सामाजिक संजालमा फिल्मको फस्र्ट लुक सार्वजनिक गर्दै भनेका छन् हामीले छायांकनको तयारी अन्तिम चरणमा पुगेका बेला नै फस्ट लुक सार्वजनिक गरेर छायांकनमा जान लागेको सन्देश दिन यस्तो गरेको बताएका छन् ।

केदारनाथ यात्रासँग जोडिएको फिल्म भएको निर्देशक कपूरले बताए । सार्वजनिक पोष्टमा हिउले ढाकीएको पहाड, शिवशंकरको मूर्ती र उनकोबीचमा एक जोडीलाई देखाइएको छ ।

जसमा भक्ति भावका साथै प्रेम कथा पनि समावेश भएको भारतीय मिडियाहरुले छापेका छन् । फिल्ममा साराका साथै सुशान्त सिंह राजपूतको मुख्य भूमिका छ ।

तपाईको प्रतिक्रिया