काठमाडौं । नायिका रेखा थापाले चर्चित गायक राजेश पायल राईको प्रस्तुती मन पराएपछि राजेशको प्रस्तुती फेसबुकमा शेयर गर्दै आईलभयू समेत लेख्न भ्याएकी छिन् ।

गत हप्ता चर्चित रियालिटी शो नेपाल आइडलमा अतिथि निर्णायकका रुपमा पुगेका राजेशको प्रस्तुती नेपालमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा परेका बेला रेखाले एकपटक मात्र नभई पटक–पटक आई लभ यू लेख्दै राजेशपायलको उक्त प्रस्तुतिको भिडियो सेयर गरिरहेकी छिन्।

उनले मंगलबार बिहानै राजेशको उक्त प्रस्तुति रहेको भिडियो सेयर गर्दै लेखेकी छिन्,‘तिमीलाई रोझे, मुटु झिकेर तिमीलाई सुम्पिदिए। माई हिरो, फिलिङ, यू स्टोलन माई हार्ट। रेखा थापा लभ यू।

रुद्रपिया बिइङ क्रेजी. आई लभ यू राजेशपायल राई.’ चारदिन अघिमात्रै रेखाले राजेशपायललाई ‘आई लभ यू’ लेखेर यहीँ भिडियो सेयर गरेकी थिइन्। जुन पोष्ट अहिले नेपाली अनलाइन मिडिया तथा सामाजिक संजालमा समेत भाइरल बनिरहेको छ ।

तपाईको प्रतिक्रिया