काठमाडौं, भदौ २० – सुनको भाउ खाजतोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ५७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

सोमबार तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ५७ हजार हजारमा कारोबार भएको सुनको भाउ फेरि बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया