काठमाडौं । कुनै समयकी सर्वाधिक ब्यस्त र चर्चित नायिका करिश्मा मानन्धरले अध्ययन पुरा नभएको भन्दै कक्षा ९ मा भर्ना भएकी छिन् । बाबुराम भट्राईको पार्टी नयाँ शक्तिकी केन्द्रिय सदस्य समेत रहेकी नायिका नायिका मानन्धरले ७ कक्षा पढ्दा पढ्दै चलचित्र क्षेत्रमा ब्यस्त भएपछि अध्ययन रोकिएको थियो ।

गत वर्ष ग्यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेकी करिष्माले अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएको महशुस गर्दै विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेको बताएकी छिन् ।

चलचित्र क्षेत्रमा राम्रो छवी बनाएकी सुन्दरी नायिका करिश्माले पार्टी र चलचित्र क्षेत्रको व्यस्तताका बाबजुद पनि धेरैभन्दा धेरै दिन विद्यालय जाने गरेको बताइन् । अहिलेको समयमा औपचारिक शिक्षा आश्वयक रहेको भन्दै नायिका करिश्माले एसएलसी पास गरेपछि पनि अध्ययनलाई निरन्तरता दिने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया