काठमाडौं- आकर्षक तलब र राम्रो काम लगाइदिने आश्वसन बाँडेर ७१ जना नेपाली युवा युवतीलाई युएइमा अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक गरिएको छ । संयुक्त अरब इमिरेट्स युएइस्थित नेपाली राजदूतावासले अलपत्र परेकाहरुलाई स्वदेश फर्काउँदै उनीहरुलाई अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक गरेको हो ।

दूतावासले अलपत्र परेका ७१जना नेपालीको उद्धार गरिएको जनाएको छ । सोमबार नेपाली दूतावासको पहलमा ३३ जना महिला र ३८ जना पुरूषसहित ७१ जना नेपालीको उद्धार गरिएको हो। संयुक्त अरब इमिरेट्स युएइमा पर्यटक भिसा मार्फत जागिर लगाइदिने भन्दै मोटो रकम ठग्‍ने तस्करहरुको नाम नेपाली राजदूतावास अबुधावी, युएइले सार्वजनिक गरेको छ। सोमबार दूतावासले विज्ञप्ति जारी गर्दै ५१ जना दलालरतस्करहरुको नाम सार्वजनिक गरेको हो।खवर अन्नपूर्ण पोष्टबाट लिईएको हो ।

तपाईको प्रतिक्रिया