नेपालगन्ज १९ भदौ । बाँकेका बाढीपीडितहरुले राहत माग्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । २८ गते राती आएको बाढीका कारण प्रभावित भएका उनीहरुले प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई राहत र डुवान समस्या समाधानको माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले दीर्घकालिन समस्या समाधाको माग समेत प्रशासन समक्ष राखेका छन ।

ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी केसीले सरकारले घोषणा गरेको एकमुष्ट राहत वितरणको काम केही दिनमै सुरु हुने जानकारी दिएका थिए । प्रभावितहरुको एकिन विवरण प्राप्त भइसकेपछि राहत वितरण सुरु गरिनेभन्दै उनले यसको दीर्घकालिन समाधानका लागि माथिल्लोतहबाट पहल गरिनु पर्ने धारणा राखे । नरैनापुर, डुडुवा र राप्तीसोनारी गाउँपालिकाबाट सयौंको सङ्ख्यामा आएका बाढीपीडितहरुले सरकारी राहत नपाएकोमा आक्रोस पोखेका थिए ।

तपाईको प्रतिक्रिया