काठमाण्डौ। यहि भाद्र ३० गते रिलीज हुने चलचित्र ‘जोनी जेन्टलम्यान’का नायक-नायिका पल शाह र आँचल शर्मा निकै चर्चित जोडी हो ।

चलचित्र रिलीज हुनु अगावै यो जोडीको निकै चर्चा चलिरहेको छ । कसैले यो जोडी प्रेममा रहेको अनुमान गर्छन् भने कसैले केवल साथी मात्र रहेको लख काट्छन् ।

यो मामलामा पल र आँचलले भने आफु साथी मात्र रहेको बताउँछन् । हामीले तल प्रस्तुत गरेको भिडियो कुराकानीमा पलले आफ्नो दुखान्त प्रेमकथाको खुलासा गरेका छन् भने आँचलले प्रेमीमा हुनुपर्ने गुणहरुबारे बोलेकी छन् । साथमा पल र आँचल रोएका समेत छन् ।

तपाईको प्रतिक्रिया